अर्घाखाँची जिल्ला
अर्घाखाँची जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | सन्धिखर्क |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, अर्घाखाँची |
क्षेत्रफल | |
• जम्मा | ११९९ किमी२ (४६३ वर्ग माइल) |
• क्रम | ०७७ |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | १७७२०० |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, सिद्धेश्वर शिवालय, छत्र मन्दिर, नर्तनाचल पर्वत, परसुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।
नामाकरण
[सम्पादन गर्नुहोस्]अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा ६ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ३ गाउँपालिका छन्।[१]
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
सन्धिखर्क नगरपालिका | १२ | सन्धिखर्क | ४०,४२२ |
शीतगङ्गा नगरपालिका | १४ | ठाडा | ४३,३७३ |
भूमिकास्थान नगरपालिका | १० | नुवाकोट | ३२,६४० |
छत्रदेव गाउँपालिका | ८ | छत्रगन्ज | २५,३३६ |
पाणिनी गाउँपालिका | ८ | दुर्गाफाट | २६,४२४ |
मालारानी गाउँपालिका | ९ | खनदह | २८,०४४ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भुसाल, अर्जुन, "अर्घाखाँचीमा ६ स्थानीय निकायको बनाउने सहमित, खाका तयार", नागरीक, अन्तिम पहुँच २०२३-०६-२८।